समाचार
प्रदेश १ : मुख्यमन्त्री दावी गर्न प्रदेश प्रमुखसँग भेट गर्दै सत्ता गठबन्धन दलका नेता
आइतबार, २४ पुस २०७९, १३ : २४
मोरङ । प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्दै बेलुका ४ बजे सत्ता गठबन्धन दलका नेता प्रदेश प्रमुखसमक्ष जाने भएका छन् । बेलुका ४ बजे मुख्यमन्त्री दाबी गर्न जाने तयारी गरिएको नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । सरकारको दाबी गर्नुअघि प्रदेशसभा सचिवालयमा सर्वदलीय बैठक हुँदैछ ।
प्रदेश १ मा सरकारको नेतृत्व एमालेले पाउने भएको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने भएका छन् । सत्ता साझेदार दल नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की र नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेत ईन्द्रबहादुर आङ्बोबीच नयाँ सरकार निर्माण र सत्ता साझेदारीका विषयमा छलफल भएको छ । दलहरूबीच मन्त्रीमण्डलमा कसरी भागबन्डा गराउने भन्ने विषयमा छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका लागि बंगलादेशी टोलीको घोषणा
-
राष्ट्रिय सभाका पूर्वसदस्य रेग्मीको निधन
-
संसद्मा राष्ट्रपतिको सवारीको रिहर्सल (तस्बिरहरु)
-
नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बैठक जारी
-
सल्यानमा सुत्केरी श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या
-
अन्य कार्यसूची संसद्मा प्रवेश नगराउन सरकारलाई कांग्रेसको चेतावनी