सभामुखसँग कांग्रेसले भन्यो : नीति तथा कार्यक्रमपछि संसद्मा विरोध जारी रहन्छ
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संसद् अवरोध कायम राख्ने स्पष्ट पारेको छ । मंगलबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफलका लागि बोलाएको बैठकमा कांग्रेसले सो कुरा बताएको हो ।
बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले पार्टीको संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने निर्णय गरेको जानकारी दिएकी थिइन् । तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने उनको भनाई थियो । ’छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ,’ थिङले भनिन् ।
यसअघि सभामुख घिमिरेले दलहरूबिच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफलका साथै आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नभएको बताएका थिए । राजनीतिक दलहरूबिच सहमति नहुँदा संसद्का बिजनेस प्रभावित हुने देखिएकोमा घिमिरेले चिन्ता व्यक्ता गरेका थिए । संवैधानिक सङ्कट हुने अवस्था आउन नदिन दलहरूलाई उनको आग्रह थियो ।
बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद् बैठकमा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्ने माग दोहोर्याएका थिए । ‘गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो । बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरता स्वरूप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ,’ परियारले भने । उनले धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्स पूरा नहुने स्मरण गराउँदै कांग्रेसलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए ।
बैठकमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी दिएका थिए । उनले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण