विश्वकपका लागि बंगलादेशी टोलीको घोषणा
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणका लागि बंगलादेशले आफ्नो टोलीको घोषणा गरेको छ । बंगलादेशले विश्वकपका लागि मंगलबार नजमुल हुसैन शान्तोको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
आगामी टी–२० विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । यसअघि शकिब अल हसनको कप्तानीमा बंगलादेशी टोलीको घोषणा हुने अनुमान गरिएको थियो ।
विश्वकपका लागि घोषित बंगलादेशको टोलीमा नजमुल हुसैन शान्तो (कप्तान), तस्कीन अहमद, लिटन दास, सौम्य सरकार, तंजिद हसन तामिम, शकिब अल हसन, तौहिद हृदोय, महमुदुल्लाह रियाद, जेकर अली अनिक, तनवीर इस्लाम, शक मेहदी हसन, रिशाद हुसैन, मुस्तफिजुर रहमान, शोरफुल इस्लाम र तंजिम हसन सकिब रहेका छन् ।
आगामी विश्वकपमा बंगलादेश समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल, दक्षिण अफ्रिका, नेदरल्यान्ड्स र श्रीलंका रहेका छन् । बंगलादेशले आफ्नो पहिलो खेल जुन ७ तारिखमा श्रीलंकासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण