प्रदेश १ : आलोपालोबारे लिखित सहमति नभए माओवादी सरकारमा सहभागी नहुने

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा तत्काल सहभागी नहुने भएको छ । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो ।
माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेश १ को सिङ्गो माओवादी पार्टीको अपमान भएको बताए । ‘माथिको निर्णयले माओवादी प्रदेश १ को अपमान भएको छ,’ उनले भने, ‘आलोपालोबारे लिखित सहमति नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौँ ।’
सरकारलाई दिएको समर्थन भने यथावत् रहने माओवादीले जनाएको छ । माओवादी केन्द्रले एमालेसँग आधा आधा कार्यकाल हुनुपर्ने बताउँदै आएको छ । आइतबार साँझ सत्तारुढ दलहरूको बैठकले प्रदेशको भागबण्डा गरेको थियो । उक्त भागबण्डामा प्रदेश १ मा माओवादीले सभामुख मात्रै पाएको छ भने मुख्यमन्त्री आलोपालो गर्ने विषय उल्लेख छैन ।
एमालेका तर्फबाट हिजै प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । कार्कीलाई आज दिउँसो २ बजे शपथग्रहण गराउने कार्यक्रम छ । कार्कीको शपथ लगत्तै सानो आकारको मन्त्रीमण्डल आजै विस्तार गर्ने तयारी थियो । यद्यपि माओवादी केन्द्र तत्काल सरकारमा नजाने भए पनि यहाँ तरङ्ग उत्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले भारतसँग गलत सहमति गर्न सक्छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल
-
महोत्तरीमा उपप्रमुखमाथि हातपातको प्रयास, कार्यकक्षमा उपमेयरका श्रीमान पनि कुटिए
-
वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ
-
अमेरिका अभिनेता डयानीमाथि बलात्कारको आरोप पुष्टि, तोकियो ३० वर्षको जेल सजाय
-
करेन्ट लगाएर माछा मार्ने क्रममा साथीको मृत्यु भएपछि तीन युवकविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता
-
विश्वविद्यालयलाई सय शय्याको अस्पतालमा घटुवा गरेपछि सुदूरपश्चिमवासी ‘फायर’