शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कृषि विकास बैंकले ११ प्रतिशत नगद लाभांश दिने

मङ्गलबार, २६ पुस २०७९, १२ : ३५
मङ्गलबार, २६ पुस २०७९

कृषि विकास बैंकले आफ्ना सेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित गरी ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

यसबाहेक, बैंकले लगानीकर्तालाई २ प्रतिशतका दरले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । आज बिहान बसेको कम्पनीको १ हजार औं सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकबाट पारित हुनुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप