पीएसजीको जितमा मेस्सीको गोल
बिहीबार, २८ पुस २०७९, ०८ : ०१

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । विश्व विजेता लियोनल मेस्सीले विश्वकप पछि खेलेको खेलमा पीएसजीले जित निकाल्न सफल भएको हो ।
घरेलु मैदानमा भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० गोल अन्तरले हरायो । पीएसजीका लागि खेलको पाँचौं मिनेटमा ह्युगो इकिटिकले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको ७२औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० गोलको जित दिलाए ।
जितसँगै पीएसजीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । लिगमा १८ खेल खेलेको पीएसजीको ४७ अंक छ । दोस्रो स्थानको लेन्सको ४१ अंक छ । पराजित एन्जर्स ८ अंक जोडेर तालिकाको पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु