मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टर ललितपुर जिल्लाको वार्षिक साधारण सभा सम्पन्न

शनिबार, ३० पुस २०७९, ०८ : २२
शनिबार, ३० पुस २०७९

ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समितिको साधारण सभा सम्पन्न भएको छ । शुक्रबार ललितपुरमा भएको साधारण सभामा वार्षिक प्रतिवेदन र आय व्यय विवरण प्रस्तुत गरिएको छ । 

प्रेस सेन्टर ललितपुर जिल्लाका सचिव दीपक अर्याल र कोषाध्यक्ष कृष्ण पौडेलले प्रतिवेदन पेस गरेका थिए । साधारण सभामा आगामी योजनाबारे पनि छलफल भएको थियो ।

साधारण सभामा सङ्गठनका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा सङ्गठन इन्चार्ज महेश्वर दाहाल, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञवाली, गंगा बराल, प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिव सन्तोष पौडेल, उपत्यका प्रदेशका अध्यक्ष नवराज दाहाल, प्रेस सेन्टर नेपाल ललितपुरका संस्थापक अध्यक्ष ज्ञानप्रसाद पौडेल, पत्रकार महासङ्घका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष सूर्य सुवेदी, ललितपुरका अध्यक्ष सागर न्यौपाने, प्रेस सेन्टर काठमाडौँका अध्यक्ष अजित अधिकारी, भक्तपुरका अध्यक्ष सन्जिप घिमिरे, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्कालगायतको उपस्थिति रहेको थियो । 

उनीहरुले प्रेस सेन्टर र यसका शाखालाई मजबुत पार्दै पत्रकारिता क्षेत्रलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।  प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा सङ्गठन इन्चार्ज महेश्वर दाहालले प्रेस सेन्टरले पत्रकारितालाई केन्द्रमा राखेर सङ्गठनलाई बलियो पार्नुपर्ने धारणा राख्दै ललितपुर जिल्ला सक्रिय शाखाको रूपमा रहेको बताए ।

सङ्गठनका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले ललितपुर जिल्लाले सक्रियतापूर्वक काम गरेको भन्दै आगामी दिनमा पनि यसैगरी अघि बढ्न सुझाव दिए । 

स्वागत मन्तव्य दिँदै संस्थापक अध्यक्ष ज्ञान प्रसाद पौडेलले प्रेस सेन्टर नेपालका सदस्यहरू ललितपुरको कुपण्डोलदेखि गिम्दीसम्म तथा ६ वटै स्थानीय तहमा दर्बिलो उपस्थिति रहेकोमा खुसी व्यक्त गरेका थिए ।

ललितपुर जिल्लाका अध्यक्ष रामहरि कार्कीले आगामी दिनमा सङ्गठनलाई थप जिम्मेवार र पेसागत सञ्चारकर्मीको हकहितमा काम गर्न थप जोड दिइने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप