कांग्रेस नेता र प्रधानमन्त्रीबिच बालुवाटारमा छलफल
काठमाडौँ । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानैदेखि सक्रिय भएका छन् । उनले अहिले नेपाली कांग्रेसका नेताहरूसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।
संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् । संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डको बोलाहटमा बालुवाटार पुगेको प्रमुख सचेतक लेखकले जानकारी दिए ।
आज अगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीले सहमतिका लागि कांग्रेस नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान बस्दै छ । कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण