तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अङ्क बाँडे
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अङ्क बाँडेका छन् । सोमबार राति भएको खेलमा दुवै टिमले तीन तीन गोलको बराबरी खेल्दै तालिकामा एक एक अङ्क थपेका हुन् ।
एस्टनको मैदानमा पाहुना टोली लिभरपुलले उपहार गोलमार्फत अग्रता लिएको थियो । एस्टनका डामिना मार्टिनेजले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलले सुरुमै अग्रता लियो ।
१२ औँ मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टनलाई बराबरीमा ल्याए । २३ औँ मिनेटमा कोडी म्याथेसले गोल गरेपछि लिभरपुल २–१ ले अघि बढ्यो ।
पहिलो हाफमा २–१ ले अघि रहेको लिभरपुलले दोस्रो हाफको सुरुमै (४८औँ मिनेट) जेरेल अमोरिन क्वान्साहले हार्भे इलियटको पासमा गोल गरेपछि ३–१ ले अघि रहेको थियो । तर, निर्धारित समय सकिन अन्तिम ५ मिनेट बाँकी रहेका बेला लिभरपुलले लय गुमाएको थियो ।
८५ औँ मिनेटमा जोन डुरनले कलुम च्याम्बर्सको पासमा गोल गर्दै एस्टनलाई खेलमा फर्काउने संकेत गरेका थिए । उनैले ८८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई ३–३ को बराबरीमा ल्याउन सफल भए ।
बराबरीसँगै एस्टन भिल्ला ३७ खेलबाट ६८ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहँदा समान खेलबाट ७९ अङ्क जोडेको लिभरपुल भने तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण