कोलकातासँगको खेल वर्षाले प्रभावित भएपछि गुजरातको प्लेअफ सम्भावना सकियो
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबिचको खेल वर्षाका कारण रद्द भएको छ । आइतबार रातिको खेल रद्द भएसँगै दुवै टिमले एक एक अङ्क लिए । यसले गुजरात टाइटन्सलाई कुनै फाइदा भएन । तर, कोलकाता भने शीर्ष दुईभित्र रहेर क्वालीफायर १ खेल्ने पक्का भएको छ ।
कुनै न कुनै रूपमा प्लेअफमा पुग्न शुभमन गिलको नेतृत्वमा रहेको गुजरात टाइटन्सले आफ्ना दुवै खेल जितेर १४ अङ्क जोड्नु परेको थियो र त्यसपछि अन्य टोलीको नतिजामा भर परेको थियो । तर, केकेआरविरुद्धको खेल रद्द भएपछि टोलीले एक अङ्क मात्र पाएको छ र अहिले १३ खेलबाट ११ अङ्क जोड्दै आठौँ स्थानमा छ ।
यस्तो अवस्थामा गुजरातको टोलीले आफ्नो अन्तिम खेल जित्यो भने पनि उसको १३ अङ्क मात्रै रहने छ, जहाँ हाल १४ वा सोभन्दा बढी अङ्क भएका चार टोली छन् । यस आधारमा अब गुजरात टाइटन्सको अगाडि बढ्ने सबै सम्भावना समाप्त भएको छ ।
हालको सिजनमा केकेआरको प्रदर्शन निकै राम्रो रह्यो र टोलीले प्लेअफमा पनि स्थान बनाएको थियो । यससँगै आइतबारको खेल रद्द भएपछि उसको अब १३ खेलमा १९ अङ्क छ र टोली पहिलो स्थानमा छ भने एक खेल बाँकी छ । १६ अङ्क र दुई खेल बाँकी रहेको राजस्थान रोयल्सले मात्र कोलकाताको टोलीलाई उछिन्न सक्छ। यस्तो अवस्थामा श्रेयस अयरको टोली दोस्रो स्थानमा रहे पनि क्वालिफायर १ खेल्ने पक्का छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
-
एक हजार ५९२ सवारीसाधन कारबाहीमा, बीस लाख २४ हजार राजस्व सङ्कलन
-
निर्धारित समयमा बराबरीपछि नेदरल्यान्ड्स र मोरक्कोबिचकाे खेल अतिरिक्त समयमा
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण