बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एपीएफलाई हराउँदै पुलिस फाइनलमा

शनिबार, ३० पुस २०७९, १३ : ०५
शनिबार, ३० पुस २०७९

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा अर्काे विभागीय टोली एपीएफलाई ३–२ सेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । पुलिसले पहिलो सेट २५–१५ ले जितेको थियो । दोस्रो सेट र तेस्रो सेटमा भने पुलिस पराजित हुन पुग्यो ।  एपीएफले २५–१७ र २५–२१ ले दोस्रो र तेस्रो सेट जित्यो । चौंथो सेट पुलिसले २५–२१ ले जित्यो ।

अन्तिम सेटमा पुलिसले १५–७ ले जित्दै निकाल्दै फाइनलमा स्थान बनायो । पुलिसले अब न्यु डायमन्ड र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्ने छ । आइतबारसम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिला तर्फ ८ टोलीको सहभागिता छ ।  पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप