बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि घट्यो बैंक ब्याजदर

आइतबार, ०१ माघ २०७९, १० : २४
आइतबार, ०१ माघ २०७९

आजदेखि लागू हुने गरेर बैंक ब्याजदर १.१३३ प्रतिशतले घटेको छ । तत्कालीन अवस्थामा कायम ब्याजदरलाई १०० प्रतिशत मान्दा यो ब्याजदर १० प्रतिशतले घटेको हो ।
 
नेपाल बैकर्स संघले माघ १ गतेदेखि लागू हुने गरेर मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । यससँगै, १२.१३३ प्रतिशत कायम ब्याजदर ११ प्रतिशत कायम भएको छ ।

लामो समयदेखि बढिरहेको ब्याजदर बैकर्स संघले घटाउने निर्णय गरेसँगै उद्योगी-व्यवसायी उत्साही देखिएका छन् । खासगरी, लामो समयदेखि व्यवसायीले ब्याजदर घटाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका थिए ।

मुद्दती ब्याजदर घटेसँगै कर्जाको ब्याज समेत घट्ने अपेक्षा बैंकर्सहरूको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप