नरोजौँ कसैले मृत्युलाई
शनिबार, १४ माघ २०७९, ११ : २०
मृत्युशैयामा सुतेकाको पनि चाह हुन्छ,
अझ जिउने
जीवन र मरणको दोसाँधमा रहेकाको पनि
चाह हुन्छ, बाँच्ने
सय बर्ष पुग्न लागेकाको पनि
चाह हुन्छ, अझ जिउने
मानिसको जीवन हुन्छ, अमूल्य
एक बारको जुनी, भोलि के हुन्छ कुन्नि
तर पनि किन रोज्छ्न्,
मानिसले मृत्यु
आवेशमा आएर हो कि ?
जीवनदेखि थाकेर हो कि ?
जिउने भरोसा नपाएर हो कि ?
धोखा पाएर हो कि ?
हतास भएर हो कि ?
जे जस्तो भए पनि
सजिलो हुन्न कसैलाई
मृत्युलाई रोज्न
नगरौं बाध्य कसैलाई मृत्यु रोज्न
नबनौं कायर कोही मृत्युलाई रोजी
जीवनमा जस्तो जे अवस्था आए पनि
संघर्ष गर्न सिकौ, जीवनमा सबैले
किनकि संघर्ष नै जीवन हो
नरोजौ कसैले मृत्युलाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण