शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतका प्रख्यात सन्त मोरारी बापूले गरे लुम्बिनी दर्शन, आजदेखि राम कथा वाचन हुने

मङ्गलबार, २४ माघ २०७९, ०७ : १८
मङ्गलबार, २४ माघ २०७९

भैरहवा । भारतका प्रख्यात सन्त मोरारी बापूले मायादेवी मन्दिरको दर्शन गरेका छन् ।  पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्ध जन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे । वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगे ।

उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटर बुकमा बुद्ध जन्मस्थलमा आउन पाउँदा एकदमै सौभाग्यशाली अनुभव गरेको लेखेका छन्। 'पवित्र पावन धाममा आउन पाउँदा अन्त्यतै खुसी र शान्ति मिलेको छ । परम पावन धाममा आउनाले परम मौन, परम शान्ति र परम आनन्दको अनुभूति भइरहेको छ । म आफूलाई एकदम सौभाग्यशाली अनुभव गर्दैछु'  सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्वलन गरी पूजा समेत गरे ।

लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा राम कथा प्रेम यज्ञ समितिको आयोजनामा आजदेखि सुरु हुने राम कथा प्रवचनका लागि वापू आएका हुन ।  राम कथा प्रेम यज्ञ समितिको आयोजनामा लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मङ्गलवारदेखि ९ दिनसम्म कथा वाचन हुने छ । वापू सहितको टोली विमान चार्टर गरेर गौतम बुद्ध विमानस्थल हुँदै लुम्बिनी आएका हुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप