शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालनाटक : आमाको आशीर्वाद

मङ्गलबार, २४ माघ २०७९, १० : ०८
मङ्गलबार, २४ माघ २०७९

स्थान– राजा उत्तानपादको वैठक कक्ष 
समय– बिहान
पात्रहरू–
उत्तानपाद– पौराणिक राजा करीव ४५ वर्ष
सुनीति– उत्तानपादकी जेठी महारानी करीव ४० वर्ष
सुरुचि– उत्तानपादकी कान्छी महारानी करीव ३८ वर्ष
ध्रुव– उत्तानपादको जेठी महारानीतर्फका छोरा ५ वर्ष
उत्तम– उत्तानपादको कान्छी महारानीतर्फका छोरा ४ वर्ष
नारद– लोकहितका लागि पृथिवी भ्रमण गर्दै हिँड्ने देवर्षि 
विष्णु– संसारको पालन कर्ता भगवान् विष्णु 

रङ्गमञ्चमा राजा उत्तानपादको भव्य दरवार देखिन्छ । आँगनका छेउछाउमा हात्तीसार तथा घोडा तबला छन् । नजिकै रहेका भव्य बगैँचाले दरवारकमो शोभा बढाएका छन् । राजाका सैनिक तथा सुरक्षा अधिकारी यताउता घुमिरहेका हुन्छन् । 
ध्रुव– (सुक्कसुक्क गर्दै) आमा ! मैले बाबा महाराजको काखमा बस्न हुँदैन रे हो ? भाइ उत्तम बसेको देखेर गएको थिएँ कान्छी आमाले गलत्याउनुभो । उहाँ भन्दै हुनुहुन्थ्यो–
‘राजाको मन नपरेको जेठी रानीको छोरा भएर पनि बाबाको काख ताक्छस् । यसका लागि त मेरो कोखबाट जन्मनुपथ्र्यो । जन्मने बेलामा जेठीको छोरो भएर आउने अनि अहिले आएर बाबाको काख ताक्ने ? यदि यस्तै इच्छ हो भने पहिले भगवान्को तपस्या गर अनि मेरो कोखबाट जन्म लिन आइज बुझिस् ।’ 

सुरुचि– खोइ बाबु ! के भनौँ । यसको उत्तर म दिन सक्दिन । बरू आफ्नै बाबासँग सोधेको भए उत्तर पाउँथ्यौ कि । 
ध्रुव– सोधेको त हुँ तर ....।
सुनीति– तर ? के भन्नुभयो र बाबाले ?’
ध्रुव– बोल्दै बोल्नुभएन । धेरै बेरसम्म उहाँको मुखमा हेरिरहेँ तर नसुने जस्तो गरी टाउको बटार्नुभो ।
सुनीति– त्यसो हो भने त कान्छी आमाले भनेकै सही हो बाबु ! अब यसका लागि तिमीले भगवान्को तपस्या गर्नुको विकल्प छैन ।
ध्रुव– तपस्या भनेको के हो आमा ! 

सुनीति– एकान्त स्थानमा बसेर भगवान्को पुकारा गर्नु । 
ध्रुव– एकान्त भनेको कस्तो ठाउँ हो आमा !
सुनीति– नदी किनार, वन जङ्गल वा कुनै त्यस्तै ठाउँ, जहाँ कसैले वाधा गर्न सक्दैनन् । 
ध्रुव– त्यस्तो स्थानमा एक्लै जान सकिन्छ र ?

सुनीति– तिमी एक्लो छैनौ बाबु ! साथमा मेरो आशीर्वाद छ ।
त्यसपछि ध्रुव तपस्या गर्ने दृढ निश्चय गरेर वनतर्फ लागे । उनको दशा देवर्षि नारदले देख्न सकेनन् र अगाडि आएर भने–
‘ए बाबु ! पख । कहाँ जान हिँडेका ?
ध्रुव– भगवान्को तपस्या गर्न ।

नारद– यति सानै उमेरमा तपस्या गर्न जानुको कारण ?
ध्रुव– कान्छी आमाले भन्नुभएको बाबाको काख पाउनका लागि भगवान्को तपस्या गर्नुपर्छ 
रे ।
नारद– वन जङ्गलमा बाघ भालु हुन्छन् । एक्लै कसरी जान सक्छौ ?
ध्रव– कहाँ एक्लो छु र ?
नारद– को छन् त साथमा ?
ध्रुव– आमाको आशीर्वाद छ नि । उहाँको आशीर्वाद भएपछि कसले के गर्न सक्छ र ? 

ध्रुवको कुरा सुनेर नारदको चित्त काटियो । तपस्या गर्ने स्थान र तरिका बताएर हिँडे । त्यसपछि उनी नारदले भने बमोजिम मधुवन भन्ने स्थानमा गएर भगवान्को तपस्या गर्न लागे । उनको तपस्याबाट सन्तुष्ट भएका भगवान्ले चाँडै नै आएर वरदान माग्न भने । यति बेलासम्म उनको मन परिवर्तन भइसकेको थियो । त्यसैले उनको साथ र सहयोग पाऊँ । त्यसपछि भगवान्ले मुसुक्क हाँस्दै भने– 

‘बाबु ! तिमीदेखि निकै खुसी छु । त्यसैले पहिले दरवारमा गएर बाबुको राज्य समाल्ने काम गर ।  त्यसपछि धु्रवलोमा गएर बस्न पाउने छौ ।’
यति भनेर भगवान् वैकुण्ठतिर लागे उनी दरवारतिर । राजा उत्तानपादले निकै ठूलो स्वागतका साथ दरवारमा प्रवेश गराए । तिनै ध्रुवलाई पहिले बाबुलेसमेत वास्ता गरेका थिएनन् । जब भगवान्को साथ पाए गाउँलेसमेत स्वागत गर्न आए । कान्छी आमाले त रुँदै माफी नै मागिन् । केही समयपछि बाबु उत्तानपाद राज्यको भार उनलाई सुम्पेर तपस्या गर्न हिँडे । उनी पनि लामो समयसम्म राज्यसत्ता सञ्चालन गरी अन्त्यमा ध्रुवलोकमा गएर बस्न लागे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप