बसको ठक्करबाट वृद्ध मृत्यु प्रकरण : वीरेन्द्रनगर तनावग्रस्त
सुर्खेत । आइतबार वीरेन्द्रनगरमा बसको ठक्करबाट मृत्यु भएकी महिलाका आफन्तद्वारा जारी आन्दाेलन चर्किएपछि वीरेन्द्रनगरको अवस्था अहिले तनावग्रस्त बनेको छ । आन्दालेनकारीले विभिन्न चोकमा टायर बालिरहेका छन् भने यातायातका साधन चल्न सकिरहेका छैनन् ।
आइतबार दिउँसो जाजरकोटकी नदी रावतको बसको ठक्करबाट मृत्यु भएको थियो । उक्त घटनालाई लिएर आफन्तले क्षतिपूर्तिको माग गर्दै सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन्। आन्दोलनका क्रममा एक जना पत्रकार घाइते भएका छन्। मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडपमा स्थानीय पत्रकार बलबहादुर थापा घाइते भएका हुन् । बसपार्क समितिका युवाहरुले उनको टाउकोमा काँचको बोतलले हानेका थिए।

पत्रकार थापाले आन्दोलनको भिडियो खिचिरहेका थिए भने प्रहरी र आन्दालेनकारीले भिडियो नखिच्न आग्रह गरेका थिए। तर उनले भिडियो खिचिरहेपछि प्रहरीकै अगाडि युवाहरुले उनीमाथि आक्रमण गरेका हुन् । उनलाई आक्रमण गर्ने युवाको परिचय भने खुलेको छैन। पत्रकार थापाको उपचार स्थानीय माया नर्सिङ होममा भइरहेको छ । उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीका अनुसार आन्दोलनलाई साम्य पार्नका लागि २३० जना प्रहरीलाई तैनाथ गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण