शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
विकास निर्माण

लुम्बिनी प्रदेशमा विमानस्थल निर्माणमा होडवाजी : टिकाउमा आशंका

चल्ने भन्दा शिलान्यास हुने धेरै
बिहीबार, ०४ फागुन २०७९, ०६ : ५७
बिहीबार, ०४ फागुन २०७९

बुटवल । अर्बौ खर्चिएर बनेको भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल अहिले थला परेको छ । तर पनि लुम्बिनी प्रदेशमा विमानस्थल निर्माण गर्ने होड चलेको छ ।  खासगरी नेताहरू आआफ्ना क्षेत्रका मतदाताहरूलाई प्रभाव पार्न गम्भीर अध्ययन विनै जिल्ला जिल्लामा विमानस्थल निर्माणका लागि शिलान्यास गर्ने क्रम बढ्दो छ ।  

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा तराईका जिल्ला भन्दा पहाडका जिल्लाहरूमन विमानस्थल निर्माण चर्चा र  शिलान्यास धेरै भएका छन् ।  लुम्बिनी प्रदेशको रुपन्देहीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल,बाँकेको नेपालगञ्ज विमानस्थल, दाङ्गको टरिगाउँ विमानस्थल रहेका छन् । 

यस्तै  धेरै वर्ष पहिला सञ्चालनमा आएर बन्द भएका रोल्पा,रुकुम पूर्वमा रहेका विमानस्थल अहिले पूर्ण रूपमा बन्द छन् । त्यहाँ झाडी भएर बेवारिस रहेकोमा पछिल्लो समय नेपाल वायुसेवा निगमले तारवार गरेर संरक्षण गरेको छ ।  

पछिल्लो समय रोल्पा र रुकुम पूर्व तथा पाल्पामा पनि विमानस्थल बनाउने कुरा बेला बेला चर्चामा आउन थालेको छ।  गुल्मी सिमीचौरस्थित रेसुङ्गा विमानस्थलमा २०७५ सालमा कच्ची धावन मार्गमा तारा एयरले परीक्षण गरेको थियो । निर्माण सुरु भएको झन्डै १७ वर्षपछि गत पुस  २४ गते पुनः सिमीचौरस्थित रेसुङ्गा विमानस्थल ठुलो तामझामका साथ प्रदर्शन उडान  गरिएको  थियो । 

सो अवसरमा सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली, रेसुङ्गा नगरपालिका प्रमुख  खिलध्वज पन्थी लगायतले एक हप्ता भित्रमा  विमानस्थल नियमित सञ्चालन गर्ने भाषण गरेका थिए । तर हालसम्म विमानस्थल सुनसान रहेकोमा स्थानीय प्रेम सुनार अचम्मित छन् ।

अर्घाखाँचीमा काम धमाधम
उता अर्घाखाँचीको अर्घा भगवती विमानस्थल निर्माण पूरा गरेर नियमित उडान गर्ने  अहिले १ हजार ६ सय मिटरको धावन मार्गको निर्माणको काम भइरहेको छ । 

सन्धिखर्क नगरपालिका–१० स्थित विमानस्थलमा ४८ सिट क्षमताका जहाज ल्याउने भनेर एमाले सचिव तथा अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझीले मात्र ३ पटकसम्म शिलान्यास गरिसकेका छन् । 

argabawagati_airport

७ अर्ब भन्दा बढी खर्चेर बनेको दाङको विमानस्थल नियमित सञ्चालनमा छैन । अहिले  सीता एयरले हप्तामा तीन दिन उडान भरे पनि अन्य एअरलाईन्स यात्रुकै अभाव देखाउँदै खुलेर उडान राख्न सकेका छैनन् । 

उनले प्रायः हरेक निर्वाचनका बेला विमानस्थलसम्बन्धि केही नयाँ तुरुप फाल्ने गरेको स्थानीयहरू बताउँछन् । विमानस्थलमा अहिलेसम्म ३० करोडभन्दा बढी लगानी भइसकेको छ ।तर सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णकुमार श्रेष्ठ विमानस्थल खर्च भए पनि कहिले बन्ने कसरी व्यवसायिक उडान सम्भव होला भन्ने आशंका रहेको बताउँछन् ।

नगरपालिका प्रमुख श्रेष्ठका अनुसार विमानस्थल निर्माणभए पनि बजेट व्यवस्थापन गर्न नसकिए भने पछि सञ्चालन कुन कठिन छ । किनकि सालझन्डी–डोरटान सडक पुरा भएपछि धेरैले सडकलाई सस्तो र समयका हिसाबले त्यति धेरै मान्दैनन् । 

गुल्मीको एयरपोर्ट बनाउँदा ३३ करोड रुपैयाँ खर्चिए पनि नियमित सञ्चालन हुनेमा सबै क्षेत्रको आशङ्का छ ।तीव्र बसाइँ सराईले गाउँबस्ती रित्तिँदै छन् । स्थानीयहरु पहाडी जिल्लाबाट तराई झर्ने लर्को छ । यसले पहाडबाट पर्याप्त यात्रु पाउन कठिनाई हुने देखिन्छ । 

७ अर्ब भन्दा बढी खर्चेर बनेको दाङको विमानस्थल नियमित सञ्चालनमा छैन । अहिले  सीता एयरले हप्तामा तीन दिन उडान भरे पनि अन्य एअरलाईन्स यात्रुकै अभाव देखाउँदै खुलेर उडान राख्न सकेका छैनन् । 

gulmi-aitport

तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँ विमानस्थल निकै पुरानो मानिन्छ तर यात्रु नपाएपछि निजी विमान कम्पनीहरूले उडान भर्न मानेका छैनन् ।

नेपाल आयल निगमबाट टरिगाउँ विमानस्थलमा ६० हजार लिटर क्षमताको हवाई इन्धन ‘रिफ्युलर’ सेन्टर पनि सञ्चालनमा आएको छ ।लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले विमानस्थललाई पर्याप्त बजेट छुट्टाएका थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक केशवराज खनालका अनुसार विमान कम्पनीहरू आफ्नो लागत अनुसारको नाफा हेरेर मात्रै उडान गर्छन् । त्यसैले,विमानस्थल निर्माण हुँदैमा  मख्ख  पर्नुपर्ने  भन्दा पनि सबै हिसाब ठिक छ, छैन भन्ने सोच्नुपर्ने उनको सुझाव छ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले निजी विमान कम्पनीहरूलाई उडान भर्न आफूहरूले पटक पटक ध्यानाकर्षण गराएपनि  खासै रुचि नदेखाउँदा समस्या आएको बताए । 

यस्तै, प्युठानको स्वर्गद्वारी नगरपालिका–८ सल्लेझारमा स्वर्गद्वारी विमानस्थल निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । त्यहाँको  विमानस्थल निर्माण गर्दा स्वर्गद्वारी जस्ता धार्मिकस्थल जाने यात्रुहरू पाउन सकिने अपेक्षा गरिएको छ ।स्वर्गद्वारी विमानस्थलको डीपीआर सम्पन्न भएको छ । 

नेपालगन्ज विमानस्थल र भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल गरी लुम्बिनीमा हाल २ वटा विमानस्थल मात्र व्यवस्थित रूपमा चलेका छन् । तर अहिले गौतमबद्ध विमानस्थलमा यात्रु अभाव र भिजिविलिटी नपुगेको भन्दै अन्तर्राष्ट्रिय उडान ठप्प छ । अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले यात्रुको सुनिश्चितताका लागि माग गर्दै आएका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक केशवराज खनालका अनुसार विमान कम्पनीहरू आफ्नो लागत अनुसारको नाफा हेरेर मात्रै उडान गर्छन् । त्यसैले,विमानस्थल निर्माण हुँदैमा  मख्ख  पर्नुपर्ने  भन्दा पनि सबै हिसाब ठिक छ, छैन भन्ने सोच्नुपर्ने उनको सुझाव छ।

पहाडी जिल्लाहरूमा अहिले सडक सुधार भएको छ । ती ठाउँमा  दुईघण्टा पुग्ने ठाउँमा अर्को विमानस्थल बनाउँदा यात्रु कसरी पाइएलान्, कति आवश्यकता हो भन्ने ख्याल राख्नुपर्छ । सस्तो शिलान्यास भन्दा बरु भएकै विमानस्थलहरू राम्रोसँग सञ्चालनमा ध्यान दिनुजरुरीे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप