आठ इन्टरनेट कम्पनी कारबाहीमा
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले एकै पटक आठवटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई कारबाही गरेको छ। इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको पाइएकाले कारबाही गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।
उनका अनुसार महसुलदर स्वीकृत नगराउने वल्र्डलिङ्क कम्युनिकेसन, भायानेट कम्युनिकेसन, सुबिसु केबल नेट, क्लासिकटेक, वेबसर्फर नेपाल, सीजी कम्युनिकेसन, डिस होम मिडिया नेटवर्क र वाइफाई नेपाल प्रालिलाई कारबाही गरिएको हो। यी कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७(२) बमोजिम एक लाख रुपियाँ जरिवाना गरिएको छ।
यसबाहेक प्राधिकरणले आफ्नो निर्देशनविपरीत विभिन्न किसिमका चाडपर्वमा प्रवद्र्धन तथा बन्डलिङ गरी सेवा सञ्चालन गरेको देखिएकाले तीनवटा सेवाप्रदायकलाई थप कारबाही गरेको छ। कारबाही पर्नेमा वल्र्डलिङ्क कम्युनिकेसन्स, भायानेट कम्युनिकेसन र सुबिसु केबल नेट रहेका छन्। यी कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ। यस्तै प्राधिकरणले नेपाल टेलिकमलाई पनि कारबाही गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण