बंगलादेश : रोहिंग्या शिविरमा भीषण आगलागी, १२ हजार घरबारविहीन
सोमबार, २२ फागुन २०७९, १० : ३०
दक्षिण पूर्वी बङ्गलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा हजारौँ मानिसले आफ्नो छाना गुमाएका छन् । आगलागी आइतबार भएको थियो जसको चपेटामा हालसम्म कक्स बजार क्याम्पका २००० भन्दा बढी सेल्टर पुगिसकेका छन् ।
छिमेकी म्यानमारमा हिंसाबाट भागेका करिब १२,००० मानिस अहिले घरबारविहीन भएको अनुमान गरिएको छ । आगलागीका कारण भने हालसम्म खुल्न सकेको छैन र यसमा मानवीय क्षति भने भएको छैन ।
स्थानीय समय अनुसार आइतबार दिउँसो ३ः४५ बजे आसपास लागेको हो र केही बेरमा बाँस वा त्रिपालले बनेको सेल्टर होम यसको चपेटामा पर्यो ।
बङ्गलादेशका शरणार्थी आयुक्त मिजानुर रहमानले एएफपी समाचार एजेन्सीलाई भने, ‘लगभग २,००० आश्रय स्थलहरू जलेको आशङ्का छ र म्यानमारका १२,००० नागरिक घरबारविहीन भएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव