खानी इन्जिनियरिङको अध्यापन हुने
काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने खानीसम्बन्धी इन्जिनियरिङ विषयको अध्यापन थाल्ने भएको छ। देशभित्र खानी इन्जिनियरको अभाव हुँदै गएपछि विश्वविद्यालयले नेपालमा नै पहिलो पटक स्नातक तहमा भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर)को अध्यापन गर्ने तयारी गरेको हो।
केयूले सुरु गर्न लागेको भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ विषयलाई गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्न चासो देखाएको छ। केयूले आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर) विषय अध्यापन सुरु गर्ने भएको छ।
“देशमा खानीजन्य उद्योगको विकास भए पनि यी उद्योगमा आवश्यक पर्ने इन्जिनियरको अभाव छ, त्यो अभाव पूरा गर्ने उद्देश्यले स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर)को अध्यापन सुरु गर्न लागेका हौँ,” केयूका उपकुलपति प्राडा भोला थापाले बताए ।
उपकुलपति प्राडा थापाले थपे, “हामीले सुरु गर्न लागेको उक्त विषयको पढाइ गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्ने इच्छा देखाएको छ। उहाँहरूले उक्त विषयको पढाइको प्रवेश परीक्षा केयूले लिएर परीक्षाफल पनि केयूलाई नै गर्दिन आग्रह गर्नुभएको छ।”
उहाँले विश्वविद्यालयले पाठ्यक्रमको मस्यौदा तयार गरेको बताउनुभयो। प्राडा थापाले भन्न्भयो, “विद्यार्थीलाई खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र उपयोगका लागि त्यसको गुणस्तरको सुनिश्चितता गर्न सिकाउनेछौँ।”
उहाँले नेपालमा उद्योग र निर्माणका लागि आवश्यक पर्ने चुनढु्ङ्गा, कोइला, रातो माटो, ग्रेनाइट, सिङ्गमर्मर, कोइला, सुन र बहुमूल्य र अर्ध–बहुमूल्य पत्थर (टुरमलाइन, एक्वामेरिन, रुबी र नीलमणि) रहेको बताए। उनले विश्वविद्यालयले एक वर्षमा ३० जना विद्यार्थीलाई भर्ना लिने बताउँदै देशभित्रै खानी इन्जिनियरको अध्यापन नभएका कारण खानी तथा भूगर्भ विभागमा दरबन्दीअनुसारको कर्मचारीको अभाव रहेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण