इजरायलमा पाँच सयलाई रोजगारी
काठमाडौँ । इजरायल सरकारले दोस्रो चरणमा पाँच सय जना नेपालीलाई मात्रै केयर गिभरमा रोजगारी दिने भएको छ । पहिलो चरणमा इजरायल गएकाबाहेक दोस्रो चरणमा एक हजार केयर गिभर लैजान नेपाल सरकारले इजरायल पक्षसँग अनुरोध गरे पनि दोस्रो चरणमा पाँच सय जनाको कोटा इजरायलले पठाएको हो ।
वैदेशिक रोजगार विभागका अनुसार नेपालले यसअघि छनोटमा नपरेकालाई समेत लैजान गरेको अनुरोध गरेकामा इजरायल पक्षले अस्वीकार गर्दै आएको छ । विभागका निर्देशक एवं इजरायल जापान शाखाका प्रमुुख डम्बरबहादुर सुुनुुवारले अब पहिलो चरणमा छनोट हुन नसकेका युवाले सुरुबाट नै नयाँ प्रक्रिया पूरा गरेर आवेदन दिनुपर्ने बताए ।
नेपालमा तत्काल रोजगारीको सम्भावना नभएको र विप्रेषण आयसमेत घट्दै गइरहेको भन्दै सरकारले थप नेपाली युवालाई रोजगारीका लागि इजरायल पठाउने योजनासहित थप एक हजार युवालाई रोजगारी दिन अनुरोध गरेको थियो तर इजरायल पक्षले पहिला सकारात्मक देखिए पनि तत्काल पाँच सय जना लग्ने गरी प्रस्ताव पठाएको विभागले जनाएको छ ।
इजरायलमा केयर गिभरको सहायक श्रमिकमा जाने नेपालीले मासिक एक हजार छ सय अमेरिकी डलर पारिश्रमिक पाउँदै आएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण