नृत्यमा विश्व रेकर्ड बनाएकी बन्दनाले खोलिन् अमेरिकामा प्रशिक्षण केन्द्र
काठमाडौँ । २०७५ मंसिरमा लगातार १२६ घन्टा नृत्य गरेर विश्व रेकर्ड बनाएकी धनकुटाकी बन्दना नेपालले अमेरिकामा नेपाली नृत्य प्रशिक्षण केन्द्र खोलेकी छन् । अमेरिकामा रहेका नेपालीलाई मौलिक नृत्य सिकाउने उद्देश्यले उनले अमेरिकाको युलेस सहरमा ‘मारुनी डान्स स्टुडियो’ नाम नृत्य प्रशिक्षण केन्द्र खोलेकी हुन् । जसको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन् ।
अमेरिकामा नेपाली मौलिक नृत्य सिकाउने प्रशिक्षण केन्द्र नभएकोले युलेस सहरमा ‘मारुनीडान्स स्टुडियो’ सञ्चालनमा ल्याएको नेपालले बताइन् । स्टुडियोमा नेपाली संस्कृति झल्कने मारुनी, झ्याउरे, तामाङ सेलो, कौडा, देउडा, जुम्बा लगायत डान्स प्रशिक्षण दिइनेछ । नेपालले भारतस्थित केरालाकी कला मण्डलम हेमलथाले १२३ घण्टा १६ मिनेट नृत्य गरेर बनाएको विश्व रेकर्ड १२६ घन्टा अर्थात् लगातार पाँच दिन नृत्य गरेकी तोडेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण