बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नृत्यमा विश्व रेकर्ड बनाएकी बन्दनाले खोलिन् अमेरिकामा प्रशिक्षण केन्द्र

सोमबार, २९ फागुन २०७९, १३ : ०१
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । २०७५ मंसिरमा लगातार १२६ घन्टा नृत्य गरेर विश्व रेकर्ड बनाएकी धनकुटाकी बन्दना नेपालले अमेरिकामा नेपाली नृत्य प्रशिक्षण केन्द्र खोलेकी छन् । अमेरिकामा रहेका नेपालीलाई मौलिक नृत्य सिकाउने उद्देश्यले उनले अमेरिकाको युलेस सहरमा ‘मारुनी डान्स स्टुडियो’ नाम नृत्य प्रशिक्षण केन्द्र खोलेकी हुन् । जसको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन् ।

अमेरिकामा नेपाली मौलिक नृत्य सिकाउने प्रशिक्षण केन्द्र नभएकोले युलेस सहरमा ‘मारुनीडान्स स्टुडियो’ सञ्चालनमा ल्याएको नेपालले बताइन् । स्टुडियोमा नेपाली संस्कृति झल्कने मारुनी, झ्याउरे, तामाङ सेलो, कौडा, देउडा, जुम्बा लगायत डान्स प्रशिक्षण दिइनेछ । नेपालले भारतस्थित केरालाकी कला मण्डलम हेमलथाले १२३ घण्टा १६ मिनेट नृत्य गरेर बनाएको विश्व रेकर्ड १२६ घन्टा अर्थात् लगातार पाँच दिन नृत्य गरेकी तोडेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप