बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
जसलाई श्रमिक दिवसले छोएन, तस्बिरहरू
सन्दर्भ : विश्व श्रमिक दिवस

जसलाई श्रमिक दिवसले छोएन, तस्बिरहरू

बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । आज १ मे अर्थात् विश्व श्रमिक दिवस । मजदुर आन्दोलनको सम्झना र मजदुरहरूको पेसागत हक अधिकारको वकालत गर्दै १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।

 श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । 

विश्वभर मे दिवसको कार्यक्रम आयोजना भइरहेपनि काठमाडौँको कालिमाटी तरकारी बजारका ज्यालामा भारी बोक्ने काम गर्ने मजदुरलाई भने यसले केही प्रभाव पारेको छैन । दिनभरि भारी नबोके दैनिक हातमुख जोड्न गाह्रो हुने गरेकाले उनीहरू दैनिक ज्याला मजदुरी मै व्यस्त हुने गरेका छन् ।

majdur diwas (1)majdur diwas (2)majdur diwas (3)majdur diwas (4)majdur diwas (5)majdur diwas (6)majdur diwas (7)majdur diwas (8)majdur diwas (9)majdur diwas (10)majdur diwas (11)majdur diwas (12)majdur diwas (13)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया