पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
बुधबार, १९ वैशाख २०८१, २१ : १४
काठमाडौँ । काठमाडौंको पुतलीसडकमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमति प्रदेश–०२–०२७ प ८२८० नम्बरको डुक मोटरसाइकल चालक शाहिल देउलाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१२ घर भएका देउलाको उपचारको त्रmममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
बा.२१ च ६४४८ नम्बरको पिकअप भ्यान चालक २७ वर्षीय शौरव बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बस्नेत ताप्लेजुङको मौवाखोला गाउँपालिका–६ का स्थानीय हुन् । दुवै सवारी साधन प्रहरी वृत सिंहदरबारमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण