‘स्पेसल नाइट विथ कालीप्रसाद बासकोटा’ आयोजना हुने
काठमाडौँ । साङ्गीतिक कार्यक्रम ‘स्पेसल नाइट विथ कालीप्रसाद बासकोटा’ आयोजना हुने भएको छ । पीभीइ नेटवर्कको प्रस्तुति र डेभिल्स ग्रुपको सहकार्यमा हुन लागेको कार्यक्रममा गायक तथा सङ्गीतकार कालीप्रसाद बासकोटाले आफ्नो चर्चित विभिन्न गीत प्रस्तुत गर्नेछन् ।
पछिल्लो समय फिल्म ‘फूलबारी’ मा रहेको गीत ‘माया रैछ र’ मा स्वर दिएका कालीप्रसादको यो कार्यक्रममा ठमेलको सञ्चय कोष चोकमा रहेको ‘क्लब ओम्निया’ मा आगामी चैत १७ गते अर्थात मार्च ३१ गते शुक्रबार आयोजना हुनेछ ।
कार्यक्रममा कालीप्रसादले नयाँ ब्यान्ड ‘साथी भाइ’ सँग लाइभ गीत गाउनेछन् । कन्सर्टमा कालीले ‘अजम्बरी माया पिरती’, ‘निरा’, ‘ओखती’, ‘बाटुली’, ‘लप्पन छप्पन’, ‘इन्स्टाको फोटो’ र ‘पंक्षी’ लगायतका लोकप्रिय गीत गाउनेछन् । उनले ‘साथीभाइ’ ब्यान्डसँग ‘माया रैछ र’ गीत पनि पहिलोपटक लाइभ गाउनेछन् ।
कार्यक्रमको टिकट आफ्नो टिकटडटकममा उपलब्ध छ । गायक, गीतकार, सङ्गीतकार कालीप्रसाद पछिल्लो समयमा विशेषत फिल्मी गीतमा रुचाइएका संगीतकारमा पर्छन् । यसबाहेक नेपाली सुगम संगीतमा पनि कालि रुचाइएका संगीतकारमा पर्छन् । कालि ‘सा रे ग म प’ तथा ‘नेपाल आइडल सिजन १,२,३ का निर्णायक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण