रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
आइतबार, २४ जेठ २०८३, ०० : ५८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरको जिल्ला अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
- रामेश्वर बस्नेत जिल्ला सभापति र स्मृति भट्टराई उपसभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
- सचिव र सहसचिवमा सञ्जीव प्रजापति र रामकृष्ण देउजा निर्वाचित हुनुभएको छ ।
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र उपसभापतिमा स्मृति भट्टराईलाई निर्विरोध निर्वाचित गरेको निवर्तमान जिल्ला सचिव एवं क्षेत्र नं १ का सांसद रुकेश रञ्जितले जानकारी दिए । यस्तै पार्टीको सचिवमा सञ्जीव प्रजापति र सहसचिवमा रामकृष्ण देउजा निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा राजु थापा, महिला सदस्यमा प्रेरणा देसार, कृष्णप्रसाद घिमिरे र रामकृष्ण खनाल निर्वाचित हुनुभएको पार्टीका नेता भाइकृष्ण श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण