दिनभरको काम, बयासी रुपियाँ दाम
६० वर्षीय किसान घिले मन्दिरमा नगरा बजाउन थालेको २१ वर्ष पूरा भयो। सरकारी जागिर खाएको भए उनको अहिलेसम्म पेन्सन पाक्थ्यो तर उनी अहिले पनि दैनिक ८२ रुपियाँ १३ पैसामा काम गर्दै आएका छन् । अहिलेसम्म कुनै पनि नियमले घिलेको काम र श्रमलाई सम्बोधन गर्न सकेको छैन।
कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिरमा नगरा बजाउने घिलेको दैनिकी वर्षौंदेखि उस्तै छ। जिल्लाकै दुर्गम मानिएको कालीगण्डकी गाउँपालिकामा थुप्रै बाटा बनेका छन्। यहाँका ८० प्रतिशत नागरिकको घरमा धारो र बिजुली बत्ती पुगेको छ।
गाउँपालिकामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा विकासको गतिले ठूलै फड्को मारेको छ तर शाह वंशीय कुल मन्दिरको अगाडि रहेको सानो घरको कोठामा नगरा बजाउने ६० वर्षीय घिलेको दैनिकीमा कुनै परिवर्तन आएको छैन।
१७०८ सालदेखि बराजुहुँदै बुवा र बुवाको मृत्युसँगै किसान घिलेले पुस्तैनी पेसाका रूपमा मन्दिरमा दमाहा बजाउनुहुन्छ। उमेर हुँदासम्म कतै नगई पुर्खाको काम सम्हालेको घिलेले बताए। उनले दुःखेसो पोख्दै भने, “उमेर पनि गयो, अब केही गर्न सक्दिनँ। जति दिए पनि यही मन्दिरमा काम गर्नुको विकल्प छैन।”
बिहान ५ बजे मन्दिरमा नगरा बजाउन पुग्ने घिले केही समयका लागि घर पुगेर सामान्य काम गरेर ८ बजे पुनः मन्दिर पुग्छन्। पूजा नहुँदा २ बजेपछि घर जाने घिले घाम अस्ताउने बेलामा फेरि नगरा बजाउन मन्दिरमा हाजिर हुन्छन्।
आफन्तको बिहे, व्रतबन्ध, मर्दापर्दासमेत जान नपाउने दुखेसो गर्दै घिलेले निम्ता वा जानैपर्ने ठाउँमा छिमेकी तल्लो घरको भाइलाई एक दिनका लागि सहयोग गर्न आग्रह गरेर जाने गरेको बताए । थोरै रकमले के नै हुन्छ तर बाबुबाजेको परम्परा धानेको बताउँदै घिलेले मन भएका भक्तजनले कहिलेकाहीँ ५०/६० रुपियाँ दिने गरेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण