सहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मीद्वारा मनाङ पराजित
सहिद स्मारक ‘ए’ डिभिजनलिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा आर्मीले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै विजयी भएको हो ।
आर्मीको जितमा सुदिल राईले निर्णायक गोल गरे । उनले खेलको ७५ औँ मिनेटमा गरेको एक गोल नै आर्मीको लागि निरनायक गोल सवित भयो । जगजितको फ्रिकिकमा मनाङका डिफेन्डर जीवन गुरुङले रोकेपछि आएको रिबाउन्ड बललाई सदुपयोग गर्दै सुदिलले गोल गरेका हुन् ।
यस जितसँगै आर्मीले १० खेलमा १५ अङ्क जोडेको छ । आर्मी चौथो स्थानमा उक्लिएको छ । समान १० खेल खेलेको मनाङको १५ अङ्क छ । समान अङ्क भए पनि मनाङको गोलअन्तरको आधारमा पाँचौँ स्थानमा झ¥यो ।
यसैगरी आजै भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले एफसी खुमलटार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । एनआरटीको जितमा सरोज तामाङ, सन्जीव विष्ट र मोहित गुरुङले समान एक एक गोल गरे ।
यता खुमलटारका लागि श्यामु मुर्मुले एक गोल फर्काए । यस जितसँगै १० खेलमा एनआरटीले १० अङ्क जोडेर दशौँ स्थानमा उक्लेको छ । यस्तै समान १० खेल नै खेलेको खुमलटार १० अङ्क जोडेर ११ औँ स्थानमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण