नबिलले बैंकले ल्यायो पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड
काठमाडौँ । नबिल बैंक लिमिटेडले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो ।
यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ । यस कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ ।
यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन् । ’हामी हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ र यो कार्डले हाम्रा ग्राहकहरूलाई पहिले भन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ,” उनले भनिन् ।
नबिल बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदन दिन सक्नेछन् । कार्डका लागि आवेदन दिन ग्राहकहरूले नबिल बैंकको वेबसाइटमा गएर वा देशभरका २५६ शाखाहरूमध्ये कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन् । यो योजना सीमित अवधिका लागि मात्र लागु हुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण