साफ च्याम्पियनसिपमा लेबनान पनि सहभागी हुने
काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १४ औं संस्करणमा लेबनान पनि सहभागी हुने भएको छ । साफ च्याम्पियनसिप आगामी असारमा भारतमा आयोजना हुँदैछ । लेबनानले प्रतियोगितामा आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउन लागेको हो । प्रतियोगितामा कुवेतले पनि आमन्त्रित टोलीको रुपमा सहभागिता जनाउँदै छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार लेबनानले पनि प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो । प्रतियोगिता असार ६ देखि १८ गतेसम्म बैंगलोरमा हुनेछ ।
लेबनानको सहभागितासँगै प्रतियोगिता खेल्ने टोलीको संख्या ८ पुगेको छ । प्रतियोगितामा आयोजक भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान र बंगलादेश पनि सहभागी हुनेछन् । विश्व फुटबल महासंघ (फिफा) को निलम्बनमा रहेका कारण श्रीलंकाले भने यसपटक प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । यसअघि साफको १४औं संस्करण बंगलादेशमा आयोजना हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि प्रतियोगिता भारतमा हुन लागेको हो ।
यसअघि माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । त्यतिबेला प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–० गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण: युवतीसहित थप तीन जना पक्राउ
-
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण