साफ च्याम्पियनसिपमा लेबनान पनि सहभागी हुने

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १४ औं संस्करणमा लेबनान पनि सहभागी हुने भएको छ । साफ च्याम्पियनसिप आगामी असारमा भारतमा आयोजना हुँदैछ । लेबनानले प्रतियोगितामा आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउन लागेको हो । प्रतियोगितामा कुवेतले पनि आमन्त्रित टोलीको रुपमा सहभागिता जनाउँदै छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार लेबनानले पनि प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो । प्रतियोगिता असार ६ देखि १८ गतेसम्म बैंगलोरमा हुनेछ ।
लेबनानको सहभागितासँगै प्रतियोगिता खेल्ने टोलीको संख्या ८ पुगेको छ । प्रतियोगितामा आयोजक भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान र बंगलादेश पनि सहभागी हुनेछन् । विश्व फुटबल महासंघ (फिफा) को निलम्बनमा रहेका कारण श्रीलंकाले भने यसपटक प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । यसअघि साफको १४औं संस्करण बंगलादेशमा आयोजना हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि प्रतियोगिता भारतमा हुन लागेको हो ।
यसअघि माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । त्यतिबेला प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–० गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री
-
१० बजे १० समाचार : ओली र देउवासामु प्रचण्डको अडानदेखि पूर्वमुख्यमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दासम्म