सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
सारांश
- सुदूरपश्चिम सरकारमा नेपाली कांग्रेसले मन्त्री हेरफेरको तयारी गरेसँगै एमाले पनि आफ्ना मन्त्री फेर्ने कसरतमा जुटेको छ ।
- एमाले संसदीय दलको बैठकमा सरकारमा सामेल भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई पठाउनेबारे छलफल चलेको छ ।
- मुख्यमन्त्री कायम राखेर बाँकी मन्त्री फेर्ने गरी गृहकार्य चले पनि ठोस निर्णय आउन बाँकी छ ।
धनगढी । सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले मन्त्री हेरफेरको तयारी गरेसँगै एमाले पनि आफ्ना मन्त्री फेर्ने कसरतमा जुटेको छ ।
सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षमा एमाले संसदीय दलको बैठक बसिरहेको छ । सो बैठकमा एमालेबाट सरकारमा सामेल भएकाहरूलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई पठाउनेबारे छलफल चलेको बताइएको छ ।
कांग्रेसले पनि संसदीय दलको बैठकमै मन्त्री हेरफेरबारे चर्चा गरिरहेको छ । सुदूरपश्चिम सरकारमा कांग्रेस र एमालेबिचको गठबन्धनका आधारमा सरकार बनेको छ । सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले गरिरहेका छन् । भागबन्डाका आधारमा एमालेले विभिन्न मन्त्रालय लिएर सत्ता साझेदार दलको भूमिका निर्वाह गरिरहेको छ ।
सत्तारुढ दुवै दलमा मन्त्री फेर्ने गृहकार्य चलेको हो । मुख्यमन्त्री कायम राखेर बाँकी मन्त्री फेर्ने गरी गृहकार्य चले पनि ठोस निर्णय आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण