संसद्
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
आइतबार, २४ जेठ २०८३, १७ : ३३
काठमाडौँ । सङ्घीय संसद् र प्रदेश सभाका सांसदहरूले आफ्नो कार्यगत दक्षता बढाउन र कानुन निर्माणको कार्यलाई गुणस्तरीय बनाउन भन्दै औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी (स्वकीय सचिव) को माग गरेका छन् ।
सुदूरपश्चिमको टीकापुरमा जेठ २२ देखि २४ गतेसम्म आयोजित ‘अन्तर–व्यवस्थापिका मञ्च’ को ११औँ सम्मेलनबाट औपचारिक रूपमै यस्तो माग अघि सारेको हो ।
सम्मेलनपछि जारी गरिएको ९ बुँदे ‘टीकापुर सन्देश–पत्र’ मा सांसदहरूलाई संसदीय क्रियाकलापमा सघाउनका लागि अत्यावश्यक सहयोगी कर्मचारी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ ।
९ बुँदे निर्णयको ५ नम्बर बुँदामा यससम्बन्धी व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण