चीनले लियो बदला, क्यानडाली कूटनीतिज्ञ बर्खास्त
मङ्गलबार, २६ वैशाख २०८०, १५ : ३४
हङकङ । आफ्नो कूटनीतिज्ञलाई देश निकाला गरेको बदलामा चीनले पनि क्यानडाका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ । एक नेतालाई दबाब दिएको भन्दै क्यानडाले सोमबार टोरोन्टोमा रहेका चिनियाँ कूटनीतिज्ञ जाओ वेईलाई देश निकाला गर्ने निर्णय थियो । त्यसको एक दिनपछि चीनले सांघाईमा रहेका क्यानडाली कूटनीतिज्ञलाई हटाउने निर्णय गरेको हो ।
मंगलबार चीनको विदेश मन्त्रालयले वेईमाथि गरिएको कारबाहीको कडा शब्दमा भर्त्सना गर्दै त्यसको बदलामा सांघाईमा रहेको क्यानडाको कन्सुलेटमा कार्यरत जेनिफर लिन लालोन्डेलाई देश निकाला गर्ने निर्णय गरेको जनाएको छ । लालोन्डेलाई मे १३ भित्र देश छाड्न भनिएको छ । दुई देशबीच पछिल्लो समय सम्बन्ध चिसिँदो छ । सन् २०१९ र २०२१ मा क्यानडा भएको चुनावमा चीनले हस्तक्षेप गरेको भन्दै ठुलो आलोचना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण