चिनियाँ कूटनीतिज्ञ क्यानडाबाट निष्कासित
टोरन्टो । क्यानडा सरकारले चीनका एकजना कूटनीतिज्ञलाई अयोग्य घोषित गर्दै देशबाट निष्कासन गरेको छ । क्यानडा सरकारले टोरन्टोस्थित चिनिया कूटनीतिज्ञ झाओ वेईलाई देश निकाला गरेको हो ।
झाओ वेईमाथि संसद्को एक सदस्यलाई धम्क्याएको आरोप लगाइएको छ । झाओ वेईमाथि सांसद र उनको परिवारलाई समेत धम्क्याएको र मानसिक तनाव दिएको आरोप लगाइएको छ । सोही कारणले उनलाई ‘प्रसोना नन ग्रेटा’ (कूटनीतिज्ञ सेवाका लागि अयोग्य) घोषित गर्दै देश निकाला गरिएको जानकारी क्यानडाकी परराष्ट्रमन्त्री मेलानी जोलीले दिइन् ।
सांसद माइकल चोंगले चीनमा व्यापक रूपमा मानवअधिकारका हननका घटना हुने गरेको बताउँदै आएका थिए । त्यसैले चीनले सांसद माइकल चोंग र हङकङमा रहेको उनको परिवारलाई धम्क्याउने गरेको दाबी समाचारमा गरिएको छ ।
सांसद र उनको परिवारलाई धम्क्याउने कार्यमा झाओ वेई पनि संलग्न रहेको क्यानडाको आरोप छ । परराष्ट्रमन्त्री जोलीले सोमबार नै कूटनीतिज्ञ झाओ वेईको कुनै आवश्यकता नरहेको बताइन् । क्यानडाको राजधानी ओटावास्थित चिनिया दूतावासले भने आफ्ना कूटनीतिज्ञलाई निष्कासन गरिएको घटनाको चर्को आलोचना गरेको छ ।
‘ग्लोब एन्ड मेल’ समाचारपत्रमा झाओ वेईले लामो समयदेखि माइकल चोंगको बारेमा जानकारी सङ्कलन गरिरहेको समाचार छापिएपछि क्यानडा सरकारले यस्तो निर्णय लिएको बताइएको छ । क्यानडाको जासुसी एजेन्सीले पनि झाओ वेईले माइकल चोंग र उनको परिवारको विषयमा सूचना सङ्कलन गरिरहेको प्रतिवेदन तयार पारेको बताइएको छ ।
क्यानडाकी परराष्ट्रमन्त्री मेलानी जोलीले देशको आन्तरिक मामलामा कुनै पनि प्रकारको विदेशी हस्तक्षेप आफूहरूलाई स्वीकार्य नहुने पनि बताएकी छन् । उनले कूटनीतिज्ञ झाओ वेईलाई निश्काषन गर्ने निर्णय निकै सोचविचार गरेर लिइएको दाबी पनि गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण