चिनियाँ कूटनीतिज्ञ क्यानडाबाट निष्कासित

टोरन्टो । क्यानडा सरकारले चीनका एकजना कूटनीतिज्ञलाई अयोग्य घोषित गर्दै देशबाट निष्कासन गरेको छ । क्यानडा सरकारले टोरन्टोस्थित चिनिया कूटनीतिज्ञ झाओ वेईलाई देश निकाला गरेको हो ।
झाओ वेईमाथि संसद्को एक सदस्यलाई धम्क्याएको आरोप लगाइएको छ । झाओ वेईमाथि सांसद र उनको परिवारलाई समेत धम्क्याएको र मानसिक तनाव दिएको आरोप लगाइएको छ । सोही कारणले उनलाई ‘प्रसोना नन ग्रेटा’ (कूटनीतिज्ञ सेवाका लागि अयोग्य) घोषित गर्दै देश निकाला गरिएको जानकारी क्यानडाकी परराष्ट्रमन्त्री मेलानी जोलीले दिइन् ।
सांसद माइकल चोंगले चीनमा व्यापक रूपमा मानवअधिकारका हननका घटना हुने गरेको बताउँदै आएका थिए । त्यसैले चीनले सांसद माइकल चोंग र हङकङमा रहेको उनको परिवारलाई धम्क्याउने गरेको दाबी समाचारमा गरिएको छ ।
सांसद र उनको परिवारलाई धम्क्याउने कार्यमा झाओ वेई पनि संलग्न रहेको क्यानडाको आरोप छ । परराष्ट्रमन्त्री जोलीले सोमबार नै कूटनीतिज्ञ झाओ वेईको कुनै आवश्यकता नरहेको बताइन् । क्यानडाको राजधानी ओटावास्थित चिनिया दूतावासले भने आफ्ना कूटनीतिज्ञलाई निष्कासन गरिएको घटनाको चर्को आलोचना गरेको छ ।
‘ग्लोब एन्ड मेल’ समाचारपत्रमा झाओ वेईले लामो समयदेखि माइकल चोंगको बारेमा जानकारी सङ्कलन गरिरहेको समाचार छापिएपछि क्यानडा सरकारले यस्तो निर्णय लिएको बताइएको छ । क्यानडाको जासुसी एजेन्सीले पनि झाओ वेईले माइकल चोंग र उनको परिवारको विषयमा सूचना सङ्कलन गरिरहेको प्रतिवेदन तयार पारेको बताइएको छ ।
क्यानडाकी परराष्ट्रमन्त्री मेलानी जोलीले देशको आन्तरिक मामलामा कुनै पनि प्रकारको विदेशी हस्तक्षेप आफूहरूलाई स्वीकार्य नहुने पनि बताएकी छन् । उनले कूटनीतिज्ञ झाओ वेईलाई निश्काषन गर्ने निर्णय निकै सोचविचार गरेर लिइएको दाबी पनि गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमबारे स्वर्णिम वाग्ले : थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम
-
फिलिपिन्समा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, दर्जनौं घाइते
-
नीति तथा कार्यक्रममा सत्ता र प्रतिपक्षको टिप्पणी : टोले गुन्डाको चन्दादेखि बासी कार्यक्रमसम्म
-
पाकिस्तानमा कार दुर्घटना, आठ जनाको मृत्यु
-
२ वर्ष अघि आरबीआईले थुतिसकेको २ हजारको नोट अझै प्रचलनमा
-
गाजामा राहत सामग्री पुर्याउन गइरहेको डुङ्गामा ड्रोन हमला