संयुक्त राष्ट्रसंघ एजेन्सीको अनुमान : सुडानबाट १ लाख इथियोपियाली स्वदेश फर्किन सक्ने
आइतबार, ३१ वैशाख २०८०, १२ : २८
सुडान । सुडानबाट एक लाख इथियोपियालीहरू र करिब ३० हजार तेस्रो देशका नागरिकहरू इथियोपिया प्रवेश गर्ने प्रक्षेपण गरिएको छ । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालयले सो अनुमान गरेको हो।
सुडानबाट इथियोपिया प्रवेश गर्ने व्यक्तिको संख्या सुडानमा हाल चलिरहेको राजनीतिक अवस्थाका कारण बढ्न सक्ने पनि प्रक्षेपण गरिएको छ । अहिलेसम्म यस्ता व्यक्तिहरूको सङ्ख्या १८ हजार ५०० नाघेको छ । सुडानबाट छिमेकी इथियोपियामा मानिसहरूको आगमनको बारेमा पछिल्लो स्थिति बढ्दो क्रममा छ ।
अप्रिलको मध्य देखि नै सुडानबाट आउने मानिसहरूलाई इथोपियाले आश्रय दिरहेको छ ।
इथियोपियाबाट फर्केकाहरू, तेस्रो(देशका नागरिकहरू, साथै सुडानीहरू अम्हारा, बेनिशाङ्गुल गुमुज र गाम्बेलाका क्षेत्रहरूमा सीमा पार गर्ने बिन्दुहरू मार्फत यहाँ प्रवेश गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित एक जना पक्राउ
-
निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख
-
झलनाथ खनालको आह्वान : वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
बजेट असारभित्रै पारित हुन्छ, सरकार ढल्दैन : मुख्यमन्त्री शाह
-
चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, ३० तस्बिरमा हेर्नुहाेस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण