आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया

आइतबार, १४ असार २०८३, १५ : ०४
आइतबार, १४ असार २०८३

सारांश

  • आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रक्रिया प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित भएसँगै पूरा भएको छ।
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए।
  • आर्थिक विधेयक बहुमतले पारित भएको थियो भने राष्ट्रऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो।

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रक्रिया पूरा भएको छ। प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो।

प्रक्रिया सक्नुअघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए भने यसमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए। 

यसमध्ये आर्थिक विधेयक बहुमतले पारित भएको थियो भने राष्ट्रऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत रूपमा पारित भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप