चोरीको आरोपमा चार जना नेपाली भारतमा पक्राउ
हरियाणा । सन् २०२१ मा पञ्चकुलाको मन्सा देवी कम्प्लेक्समा भएको चोरीको आरोपमा भारतीय प्रहरीले चार जनालाई नेपालीलाई पक्राउ गरेको छ । द ट्रिब्युन इन्डियामा प्रकाशित समाचारका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय गोपाल भन्ने खगेन्द्र सार्की, ३० वर्षीय करन बहादुर, ३२ वर्षीय स्काई सिंह र २२ वर्षीय टेकबहादुर सार्की रहेका छन् ।
सन् २०२१ को नोभेम्बर २० मा तीन जना लुटेराहरु ६५ वर्षीया अनु वालियाको घरमा प्रवेश गरेका थिए । उनीहरुले हतियार देखाएर ५ लाख ५० हजार बराबरको नगद, १० वटा हिराको औँठी तथा अन्य सुन र चाँदीका गहना चोरेर फरार भएका थिए ।
क्राइम ब्रान्चका प्रहरी इन्सपेक्टर मोहिन्द्र सिंह धान्डाले करन बहादुरले सो घरमा १०–१५ दिनअघि देखि काम गर्न सुरु गरेको र उनकै योजनामा अन्य तीन जनाले चोरी गरेको जानकारी दिए । उनीहरुलाई गुरुग्रामबाट पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य नीति बनाइने
-
धितो रोक्कासम्बन्धी विवादमा सर्वोच्चको व्याख्या : ‘हस्ताक्षर गरिसकेपछि प्रक्रियागत त्रुटि देखाएर दायित्वबाट उम्कन मिल्दैन’
-
एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट
-
जीवनको २५ प्रतिशतभन्दा बढी समय खराब स्वास्थ्य अवस्थामै बिताउन बाध्य छन् महिला
-
दक्षिण कोरियाले पाउला दुई दशकपछि पहिलो महिला प्रधानमन्त्री ?
-
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण