शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको आरोपमा चार जना नेपाली भारतमा पक्राउ

आइतबार, ३१ वैशाख २०८०, १५ : ३९
आइतबार, ३१ वैशाख २०८०

हरियाणा । सन् २०२१ मा पञ्चकुलाको मन्सा देवी कम्प्लेक्समा भएको चोरीको आरोपमा भारतीय प्रहरीले चार जनालाई नेपालीलाई पक्राउ गरेको छ । द ट्रिब्युन इन्डियामा प्रकाशित समाचारका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय गोपाल भन्ने खगेन्द्र सार्की, ३० वर्षीय करन बहादुर, ३२ वर्षीय स्काई सिंह र २२ वर्षीय टेकबहादुर सार्की रहेका छन् ।
 
सन् २०२१ को नोभेम्बर २० मा तीन जना लुटेराहरु ६५ वर्षीया अनु वालियाको घरमा प्रवेश गरेका थिए । उनीहरुले हतियार देखाएर ५ लाख ५० हजार बराबरको नगद, १० वटा हिराको औँठी तथा अन्य सुन र चाँदीका गहना चोरेर फरार भएका थिए ।
 
क्राइम ब्रान्चका प्रहरी इन्सपेक्टर मोहिन्द्र सिंह धान्डाले करन बहादुरले सो घरमा १०–१५ दिनअघि देखि काम गर्न सुरु गरेको र उनकै योजनामा अन्य तीन जनाले चोरी गरेको जानकारी दिए । उनीहरुलाई गुरुग्रामबाट पक्राउ गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप