दक्षिण कोरियाले पाउला दुई दशकपछि पहिलो महिला प्रधानमन्त्री ?
सारांश
- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले नयाँ प्रधानमन्त्रीका रूपमा हान सियोङ सुकको नाम प्रस्ताव गरेका छन् ।
- संसदबाट अनुमोदन भएमा हान सियोङ सुक दुई दशकपछि दक्षिण कोरियाको पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् ।
- हानले देशको कृत्रिम बौद्धिकता (एआई) रूपान्तरण अभियानको नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।
सोल । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले देशको नयाँ प्रधानमन्त्रीका रूपमा हान सियोङ सुकको नाम प्रस्ताव गरेका छन् । राष्ट्रपति कार्यालयले आइतबार दिएको जानकारी अनुसार हान हाल साना तथा मझौला उद्यम र स्टार्टअपसम्बन्धी मन्त्रीको जिम्मेवारी सम्हालिरहेकी छन् ।
संसदबाट अनुमोदन भएमा उनी दक्षिण कोरियाको पछिल्लो २० वर्षयता पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् । हान यसअघि दक्षिण कोरियाको प्रमुख इन्टरनेट कम्पनी नेभरकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहिसकेकी छिन् ।
राष्ट्रपति कार्यालयका प्रमुख सचिव काङ हुन् सिकका अनुसार हानले देशको कृत्रिम बौद्धिकता (एआई) रूपान्तरण अभियानको नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा काङले भने– ‘सेमिकन्डक्टर उद्योगको विस्तार र निर्यात वृद्धिबाट प्रेरित आर्थिक वृद्धिलाई हानले सबै नागरिकसम्म पुग्ने समावेशी वृद्धिमा रूपान्तरण गर्न सक्नेछिन् । विशेषगरी साना तथा मझौला उद्यमहरूले त्यसको प्रत्यक्ष लाभ पाउनेछन् ।’
दक्षिण कोरियाको राष्ट्रपतिय प्रणाली अन्तर्गत प्रधानमन्त्रीको पद मुख्यतः प्रशासनिक तथा औपचारिक प्रकृतिको मानिन्छ । यद्यपि, सरकार सञ्चालनमा समन्वयकारी भूमिका निर्वाह गर्ने भएकाले प्रधानमन्त्री पदलाई महत्त्वपूर्ण मानिने गरिन्छ ।
यदि संसद्ले उनको नियुक्तिलाई अनुमोदन गर्यो भने हान सियोङ–सुक दक्षिण कोरियाको राजनीतिक इतिहासमा दुई दशकपछि प्रधानमन्त्री बन्ने पहिलो महिला हुनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
-
सिराहामा विद्यार्थीको मोबाइल नष्ट गरिएको घटना कानुनी कि गैरकानुनी ?
-
अभिनेत्री मधुको खुलासा : सुटिङ सेटमा रिस उठेपछि नाना पाटेकरलाई सचिक्कै थप्पड हिर्काएँ
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण