चितवनको विजयी सुरुआत
मङ्गलबार, ०९ जेठ २०८०, २१ : ३७
काठमाडौँ । चितवनले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबल मंगलबार जित हात पारेको छ । पिप्ले क्याम्पा रंगशाला भएको खेलमा चितवनले रामेछापलाई २–० गोलले पराजित ग¥यो ।
मंगलबार नै भएका अन्य खेलमा काभ्रे र भक्तपुरले पनि सफलता हात पारे । दुवै टोली पेनाल्टी सुटआउटमा विजयी भएका हुन् । काभ्रेले दोलखालाई ३–० गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
भक्तपुरले भने धादिङलाई ४–० गोलले पाखा लगायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
गौरीटार रंगशाला जारी महिला फुटबलमा भने नुवाकोटले रामेछापलाई २–१, सिन्धुलीले काभ्रेलाई पेनाल्टी सुटआउटमा १–० र काठमाडौँले मकवानपुरलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पाखा लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण