ए भेरी (कविता)
बुधबार, १० जेठ २०८०, १७ : ३०
ए भेरी !
के छ तिम्रो खबर ?
जसरी तिमी बगिरहेछौ वर्षौंदेखि
त्यसैगरी बगिरहेछन् नवराजहरूका लास वर्षौंदेखि
तिमी फुटाउँछौ पहाड, पर्वत, कन्तरालाई
त्यसरी नै फुटाइरहेका छन् लाखौँ दलितको टाउको यहाँ वर्षौंदेखि
तिमी सिञ्चित गर्छौ जमिनहरुलाई
अनि उम्रन्छन् बिरुवाहरु रुखहरु रमाउँछन् चराहरू
त्यसैगरी सिञ्चित गरिदेउ मानिसका विषाक्त
मष्तिष्कहरुलाई
अनि फुल्न देउ समताका फुलहरु....।
ए भेरी !
तिमी बग्दा कति स्वतन्त्र छौ
तर तिमी कसैको घर पुग्यौ भने तिम्रो पनि जात बन्नेछ
तिम्रो पनि सिमाना कोरिनेछ
मान्छेलाई हेरी हेरी व्यवहार गर्नुपर्नेछ
एक थरी मानिसका पीडा तिमीलाई बुझ्न दिइनेछैन
ए भेरी !
तिम्रो बर्खे बहावजस्तै
मडारिनुपर्छ अब विद्रोहका विचारहरू
तिमीले फुटाएको पहाडजस्तै
ढाल्नुपर्छ अब जात व्यवस्थाका पर्खालहरू
नत्र बगिरहनेछन् धेरै नवराजका लासहरू ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण