प्रचण्डलाई मधेसको एजेन्डा सुझाउन दिल्लीमा सीके राउतको दौडधुप

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि हुने तय भएको छ । त्यो भ्रमणमा मधेसको एजेन्डा प्रवेश गराउन जनमत पार्टीका अध्यक्ष डा. सीके राउत दिल्ली पुगेका छन् ।
जनमत पार्टीका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहेको बेला विभिन्न योजनाहरूमा सम्झौता हुने भएकाले त्यसमा मधेसको एजेन्डा कसरी राख्ने त्यसको बारेमा छलफल गर्न अध्यक्ष राउत दिल्ली पुगेका हुन् । ‘प्रत्येक भारत भ्रमणमा विभिन्न विकासका आयोजनामा सहमति हुन्छ र त्यसमा हस्ताक्षर हुन्छ तर त्यसमा मधेसलाई खासै समेटिएको हुँदैन,’ ती नेताले रातोपाटीलाई बताए ।
आजै उनले भारतीय जनता पार्टीका विदेश विभागका प्रमुख डा.विजय चौथाईवालालाई भेटेका छन् । राउतले तीन चार दिनसम्म दिल्लीमै रहने र हरेक तहका व्यक्तिलाई भेटेर मधेसको विषयमा प्रधानमन्त्री प्रचण्डलाई दबाब बढाउने बताइएको छ ।
जनमत पार्टीले केन्द्रिय सरकारलाई समर्थन गरे पनि सरकारमा मन्त्री पठाएको छैन । खानेपानी मन्त्रालय पाएको थियो । त्यसबाट पनि राजीनामा दिएर बाहिर बसेको छ ।
मधेस प्रदेश सरकारमा रहेका कृषि मन्त्री वसन्त कुशवाहलाई विना विभागीय मन्त्री बनाएको छ । त्यसमा पनि अध्यक्ष राउतले असन्तुष्टि जनाउँदै आइरहेका छन् । सरकारमा रहने कि नरहने अन्योलको बीचमा जनमत पार्टीका अध्यक्ष राउतको दिल्ली भ्रमण सुरु भएको हो । उनले त्यहाँ सरकारसँग आफ्नो पार्टीको सम्बन्धको बारेमा पनि कुरा राख्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन