सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ
मङ्गलबार, १६ जेठ २०८०, ०८ : २७
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश भएको थियो ।
पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित हुँदै आएको थियो ।
लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयरले उपमेयरलाई कार्यालय प्रवेश गर्न नदिएपछि...
-
जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै
-
सन्दीपको सहभागितामा यूकेमा ब्रिज कप हुँदै
-
रास्वपा सांसदहरू स्कार्फ लगाएर संसद्मा, कांग्रेसको नियमापत्ति
-
सहसचिव भट्टराईको डायरीमा भेटियो सेटिङमा पठाइएकाहरूको हिसाब
-
कर्णालीका चार जिल्लामा जन्म र मृत्युका घटनामा खाद्यान्न निःशुल्क वितरणका लागि एक करोड बजेट विनियोजन