आर्मीलाई हराउँदै जावलाखेल दोस्रो स्थानमा उक्लियो
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मार ए डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेलले आर्मीलाई २–० गोल अन्तरले पराजित गर्दै स्पष्ट तीन अंक जोड्न सफल भएको हो ।
बलियो आर्मीविरुद्ध सुखद नतिजा निकाल्ने क्रममा जावलाखेलका लागि दुवै गोल एनकोटो मासोबीले दोस्रो हाफमा गरे । प्रतिष्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न चुकेका थिए ।
दोस्रो हाफमा भने जावलाखेलले सुधारिएको प्रदर्शन गर्दै आर्मीलाई दबाबमा राख्यो । सो क्रममा जावालखेलले ५६ औं मिनेटमा एनकोटोको गोलमार्फत अग्रता निकाल्न सफल भयो । समिराज थोकरको पासमा मासोबीको फितलो प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाउन नसक्दा गोल भएको थियो । त्यसपछि मनोबल बढाउँदै आक्रामक खेललाई निरन्तरता दिएको जावलाखेलले ७९ औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो । मासेबीले फोफनाको क्रसलाई हेडरमार्फत टोलीका लागि तथा व्यक्तिगत दोस्रो गोल गर्न सफल भएका थिए ।
यसअघि ६६ औं मिनेटमा आर्मीका पदमकुमार तामाङको प्रहारले पोस्टको दिशा लिन सकेन । दुई मिनेटपछि आर्मीले बराबरीको अर्को अवसर गुमायो । दीपक गुरुङको क्रसमा जिलेस्पीजंग कार्की को हेडर पनि बाहिरिन पुग्यो । हिसुब थपलियाको क्रसमा आर्मीका गोलकिपर विकेशले पन्च गर्दा प्राप्त रिबाउण्डलाई फोडे फोफनाले राम्रोसँग प्रहार गर्न सकेनन् ।
७४औं मिनेटमा नवयुग श्रेष्ठको शक्तिशाली प्रहार जावलाखेलका गोलकिपर ईश्वर गुरुङले बचाए । बाँकी समयमा आर्मीले थप प्रयास गरेपनि गोल हुन सकेन र आर्मीले अंक सुम्पिन बाध्य बन्यो । जितसँगै जावलाखेलले २३ खेलमा ३७ अकं जोड्न सफल भयो ।
जावलाखेल दोस्रो स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको आर्मी समान खेलबाट ३० अंकका साथ पाँचौं स्थानमा छ । यस्तै जावलाखेलले लिगमा आर्मीविरुद्ध पहिलो भेटमा बेहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा आर्मीले जावलाखेलले ३–१ को सहज जित निकालेको थियो ।
लिगमा बुधबार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लब तथा दोस्रो खेल थ्री स्टार र संकटा क्लबबीच च्यासल मैदानमा भेट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण