दिल्लीमा नेपाल–भारत संयुक्त व्यापार फोरमको बैठक सम्पन्न, लगानी सम्भाव्यताको खोजी
काठमाडौँ । नेपाल र भारतका उद्योगी व्यवसायीले नयाँ दिल्लीमा लगानीका सम्भावना बारे छलफल गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दिल्ली पुगेको नेपाली व्यवसायी र भारतीय व्यवसायीले लगानीका नयाँ सम्भावनाबारे छलफल गरेका हुन् ।
नेपाल–भारत संयुक्त व्यापार फोरमको बैठक बस्दै दुई देशका व्यवसायीले लगानीको नयाँ सम्भावना खोजी गरेको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य प्रबलजंग पाण्डेले बताए । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा रहेको उद्योगी व्यवसायीले भारतीय उद्योगी व्यवसायीसँग पहिलोपटक यस्तो बैठक गरेका हुन् ।
नेपालका तर्फबाट उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले नेतृत्व गरेको बैठकमा नवीकरणीय ऊर्जा, कार्बन उत्सर्जन, सडक तथा रेलसेवाका पूर्वाधारहरु विकासका विषयमा छलफल गरेका थिए ।
यस्तै, इन्जिनियरिङ, उच्च शिक्षा, दक्षता अभिवृद्धि तथा विकास, वातावरण, खाना तथा पेय पदार्थहरूको उत्पादन, निर्माण तथा कृषि औजार लगायतका विषय समेत बैठकमा समेटिएका थिए । यसबाहेक, सहरी विकास, आइटी सेवा, मेडिकल तथा स्वास्थ्य प्रविधिहरुका साथै समग्र पर्यटन पूर्वाधारको विकासलाई अवसरका क्षेत्रहरुका रुपमा पहिचान समेत गरेको पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
-
स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण