आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

दिल्लीमा नेपाल–भारत संयुक्त व्यापार फोरमको बैठक सम्पन्न, लगानी सम्भाव्यताको खोजी

बिहीबार, १८ जेठ २०८०, २१ : ०१
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । नेपाल र भारतका उद्योगी व्यवसायीले नयाँ दिल्लीमा लगानीका सम्भावना बारे छलफल गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दिल्ली पुगेको नेपाली व्यवसायी र भारतीय व्यवसायीले लगानीका नयाँ सम्भावनाबारे छलफल गरेका हुन् ।

नेपाल–भारत संयुक्त व्यापार फोरमको बैठक बस्दै दुई देशका व्यवसायीले लगानीको नयाँ सम्भावना खोजी गरेको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य प्रबलजंग पाण्डेले बताए । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा रहेको उद्योगी व्यवसायीले भारतीय उद्योगी व्यवसायीसँग पहिलोपटक यस्तो बैठक गरेका हुन् ।

नेपालका तर्फबाट उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले नेतृत्व गरेको बैठकमा नवीकरणीय ऊर्जा, कार्बन उत्सर्जन, सडक तथा रेलसेवाका पूर्वाधारहरु विकासका विषयमा छलफल गरेका थिए । 

यस्तै, इन्जिनियरिङ, उच्च शिक्षा, दक्षता अभिवृद्धि तथा विकास, वातावरण, खाना तथा पेय पदार्थहरूको उत्पादन, निर्माण तथा कृषि औजार लगायतका विषय समेत बैठकमा समेटिएका थिए । यसबाहेक, सहरी विकास, आइटी सेवा, मेडिकल तथा स्वास्थ्य प्रविधिहरुका साथै समग्र पर्यटन पूर्वाधारको विकासलाई अवसरका क्षेत्रहरुका रुपमा पहिचान समेत गरेको पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप