स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
सारांश
- ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालिका सुमन थापा मगर (सुमन कुमाल) लाई नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
- कुमालले आफ्नो स्पा सेन्टरमा कार्यरत बालिकालाई ललाईफकाई र प्रलोभनमा पारी ग्राहकहरूसँग अनैतिक कार्य गर्न बाध्य पारेको प्रहरीले जनाएको छ।
- प्रहरीले बालिकाको उद्धार गरी सञ्चालिका कुमाललाई नियन्त्रणमा लिएको छ र उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको छ।
ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा एण्ड थेरापी’ की सञ्चालिका सुमन थापा मगर भनिने सुमन कुमाल मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेकी हुन्।
गोरखाकाे सिरानचोक गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २ सानेपा बस्ने कुमालले आफ्नो स्पा सेन्टरमा स्टाफको रूपमा कार्यरत एक बालिकालाई ललाईफकाई र विभिन्न प्रलोभनमा पारेर अनैतिक कार्यमा लगाएको प्रहरीले जनाएको छ।
स्पामा सेवा लिन आउने ग्राहकहरूको इच्छाअनुसार ती बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न बाध्य पारिएको सूचना प्रहरीले पाएको थियो। यस्तो गतिविधि भइरहेको विशेष सूचना प्राप्त हुनासाथ प्रहरी टोली उक्त स्पा सेन्टरमा पुगेको थियो। प्रहरीले स्पाबाट ती बालिकालाई तत्काल उद्धार गरेको छ भने सञ्चालिका सुमन कुमाललाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकी कुमालमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरिएको छ र हाल उनीमाथि विस्तृत अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण