ग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा
काठमाडौँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीले सात हजार एक सय ५६ बिरामीलाई आइसियु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्रान्डीले सन् २०१३ जुनदेखि बिरामीलाई आइसियु सेवा प्रदान गर्न लागेको हो ।
आइसियु सेवा प्रदान गरेको १० वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अस्पतालका आइसियु शाखा प्रमुख डा सुवास आचार्यले आइसियु सेवा प्रदान गरिएका मध्ये छ हजार एक सय १४ बिरामीलाई बचाउन सफल भएको जानकारी दिए । आइसियुमा भर्ना हुने बिरामीमा ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला रहेका थिए । कोरोना महामारीका समयमा ग्रान्डीले सात सय ४३ बिरामीलाई आइसियुमार्फत सेवा प्रदान गरेको थियो । “झण्डै ८० प्रतिशत बिरामीलाई बचाउन सफल भयौँ”, उनले भने । ग्रान्डीले गत वर्षदेखि चिकित्सा शिक्षा आयोगबाट आइसियु फेलोसिपसमेत प्रदान गर्दै आएको छ ।
कार्यक्रममा अस्पतालका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले नेपालमै अन्तर्राष्ट्रिय स्तरको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ग्रान्डी अस्पताल स्थापना गरिएको बताए । सबैको साथ, सहयोग र समर्थनका कारण ग्रान्डीले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको उनको भनाइ थियो । निजी क्षेत्रको लगानीमा २०६९ पुस १९ गते स्थापना भएको ग्रान्डीले ३० भन्दा बढी विधामा बिरामीको उपचार गर्दैआएको अस्पतालले जनाएको छ । ग्रान्डीले हाल ३० शय्यामार्फत बिरामीलाई आइसियु सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण