यु—२० महिला फुटबल टोलीको विदाइ
काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगिताको दोस्रो चरणमा सहभागी हुने राष्ट्रिय महिला फुटबल टोलीलाई आइतबार बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजबिक्रम नेम्वाङलगायत पदाधिकारीले टोलीलाई बिदाइ गरे ।
म्यानमारमा आयोजना हुने दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाली टोली समूह ’बी’ मा परेको छ । उक्त समूहमा नेपालसँगै चीन, म्यानमार र चाइनिज ताइपेई रहेका छन् । छनोट प्रतियोगिताको समूह ’ए’ मा भने अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् ।
प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको छ । पहिलो चरणको छनोट प्रतियोगितामा समूह ’बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।
दोस्रो चरणको छनोट जुन ३ देखि ११ तारिखसम्म हुनेछ । दोस्रो चरणको छनोट प्रतियोगितामा उत्कृष्ट हुने चारवटा टोलीले उज्वेकिस्तानमा हुने यु–२० महिला एसियन कप खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण