आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

शुक्रबार, ०१ असार २०८०, १२ : १३
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । आज असार १ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले बढेको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २० रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप