प्रतिकुल मौसम
ताप्लेजुङ उडेको प्रधानमन्त्री सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण
सोमबार, ०४ असार २०८०, १५ : ००
विराटनगर । संखुवासभाको बाढी पहिरो निरीक्षण गरी ताप्लेजुङका लागि उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण भएको छ ।
मौसमको प्रतिकुलताका कारण प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा अवतरण गरेको उनका प्रेस संयोजक सूर्य किरण शर्माले बताए ।
यससँगै समय अभावका कारण प्रचण्ड बाढी पहिरो पीडित रहेको ताप्लेजुङ र पाँचथर नगइ काडमाडौँ फर्काएका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ आज दिउँसो बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभा पुगेका थिए ।
त्यसपछि उनी ताप्लेजुङ र पाँचथर जाने कार्यक्रम रहेपनि मौसमले साथ नदिँदा सो स्थानमा नपुगी फर्किएका हु्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण