पश्चिम दैलेखमा बाढीले बगाउँदा घट्ट गएकी किशोरी बेपत्ता
शुक्रबार, ०८ असार २०८०, ०८ : ००
सुर्खेत। पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका-४ गैरेगाउँकी एक किशोरी बाढीमा बेपता भएकी छिन्। बेपता हुनेमा गैरेगाउँकी १७ वर्षीय उर्मिला कठायत रहेकी छन् ।
बिहीबार उनी गहुँ पिस्न भन्दै घट्ट गएकी थिइन् । राती आएको वर्षाका कारण स्थानीय भुतगाड खोलामा आएको बाढीले उनलाई बगाएको स्थानीय लवराज कठायतले रातोपाटीलाई जानकारी दिए ।उनको अहिलेसम्म कुनै पत्तो लागेको छैन।
साथै बिहीबार रातीको बर्सातमा कारण गैरगाउँका दुई घरमा समेत क्षति पुगेको छ । सडकका कारण माथिबाट बाढी आएर गैरागाउँका दुई स्थानीयको घरमा क्षति पुर्याएको हो । यद्यपि मानवीय क्षति भने नभएको उनले बताए ।
गैरागाँउमा पनि बाढीका कारण धेरै खेत बारीहरू पुरेको खबर प्राप्त भएको छ ।क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै कुरा सरकारको नियन्त्रणबाट मात्र सम्भव छैन, हुलाकमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : सञ्चारमन्त्री
-
ट्रक व्यवसायीको पक्षमा सर्वोच्चको फैसला : रुट इजाजतमा दोहोरो व्यवस्था बदर
-
नेपालको जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय कोषबाट १ अर्ब ३३ करोड अनुदान स्वीकृत
-
अध्ययन समितिको निष्कर्ष : जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाए
-
सांसदहरूलाई मन्त्री गौतमको आग्रह, ‘संसद्को गरिमा जोगाउन व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनू’
-
मेक्सिकोबाट इरानी टिमको भावुक बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण